एमाले अध्यक्ष ओलीद्वारा रेसुङ्गाको यज्ञशाला र सिद्धबाबाको दर्शन

रिपोर्ट नेपाल | 2023 Mar 28 | 09:38 am 2165

गुल्मी, चैत १४ः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक रेसुङ्गाको यज्ञशाला र सिद्धबाबाको दर्शन गरेका छन्।

नेकपा एमाले गुल्मीले राखेको कार्यक्रमलाई सम्वोधन गर्न तमघास पुगेका अध्यक्ष ओलीले आफ्नी धर्मपत्नी राधिका शाक्य सहित रेसुङ्गा पुगेका हुन्। अध्यक्ष ओलीको ऐतिहासिक रेसुङ्गाको भ्रमणले पर्यटन विकासमा उल्लेख्य कार्य भएको जनाइएको छ।

१ महिनापछि अयोध्याका सन्तहरूको उपस्थितिमा धार्मिक सम्मेलन हुने रेसुङ्गा पर्वतमा नेता ओलीको भ्रमणले प्रचारमा थप उपलब्धि भएको जनाईएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.