एपीएफ टोलीद्वारा ५० किलो चरेशसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Dec 13 | 11:39 am 2296

काठमाडौं, मंसिर २८ः सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले गएराति करीव ५० किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका ८ का ३४ वर्षीय दिपक मगर रहेका छन् ।

उनलाई विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले सोही जिल्लाको थाके गाउँपालिका १ खयरघारी स्थित पूर्व पश्चिम लोकमार्गबाट पक्राउ गरेको हो ।

बा २१ प ८७६ नम्बरको मोटरसाईकलमा सवार निज मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेश भेटिएपछि उनलाई पक्राउ गरिएको हो । उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत एपीएफ टोलीले बरामद गरेको छ ।

उक्त चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका निज मगरलाई राती करीव साढे आठ बजे एपीएफ टोलीले फेला पारेको थियो ।

उनलाई राती नै आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गजुरीमा बुझाईएको छ ।

उक्त चरेश धादिङ जिल्लाको गोगनपानी भन्ने ठाउँबाट काठमाडौं ल्याउने उद्देश्यले ल्याउँदै गरेको कुरा निज मगरले एपीएफ टोली समक्ष बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.