पर्सा, पुस २३ः जिल्लाको पर्सागढी नगरपालिका ४ स्थित बेलवाबाट एपीएफ टोलीले करीव २२ क्यूफिट सालको गोलिया काठसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ बस्ने ३० वर्षीय राधेश्याम राम र ४० वर्षीय रामरवी देबी रहेका छन् ।
सलकपुर जंगलबाट कटान गरी उक्त गोलिया काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बेलुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाईएको छ ।
लागूऔषधसहित दुई जना पक्राउ
रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले ११ बोतल कोकास डिएक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको माधवनारायण नगरपालिका ४ बस्ने २० वर्षीय अनिल साह र १८ वर्षीय पिन्टुकुमार पटेल रहेका छन् ।
ना. २३ प ४७२३ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी बेलविछुवामा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए ।