एपीएफ टोलीद्वारा सालको काठ बरामद

| 2021 Feb 11 | 08:58 pm 2101

रुपन्देही, माघ २९ः जिल्लाको कन्चन गाउँपालिका १ दानापुरबाट बिहीबार एपीएफ टोलीले करीव ४ लाख ८० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विष्णुपुरबाट खटिएको एपीएफ टोलीले उल्लेखित मुल्य बराबरको १ सय २० क्यूफिट सालको काठ बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय कन्चन रुपन्देहीमा बुझाईएको छ ।

 चोरीपैठारीको सामान बरामद
पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ टर्कीबाट माघ २८ गते एपीएफ टोलीले करीव ४ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चिकेन बुलन क्यूब, नूडल चिकेन सुप, मसरुम सुप र सुर्यमुखी तेल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.