एपीएफ टोलीद्वारा श्रोत नखुलेको २२ लाख ४८ हजार रुपैयाँसहित एक पक्राउ 

| 2020 Jun 04 | 08:35 pm 1693

काठमाडाैं, जेठ २२ः पर्सा जिल्लाको छिपरमाई गाउँपालिका ४ बन्जारीबाट बिहीबार एपीएफ टोलीले अवैध २२ लाख ४८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ५ का २५ वर्षीय प्रकाश साह  रहेका छन् । उनलाई सशस्त्र प्रहरी, बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

ना ४३ प २८०२ नम्बरको मोटरसाईकलमा सवार निज साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त मोटरसाईकलको ट्याङ्की मुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका साहलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक करावाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको जनाएकाे छ ।

एपीएफ टोलीद्वारा शव फेला

लम्जुङ जिल्लाको सुन्दरबजार नगरपालिका ८ अकलापुल स्थित मर्स्याङ्दी नदिमा एपीएफ टोलीले एउटा शव फेला पारेको छ । उक्त शव सोही ठाउँका ६५ वर्षीया पार्वती राउत नदिमा वेपत्ता भएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको एपीएफ टोली उनको खोजीपछि फेला परेकाे हाे ।

नदिको करीव तीन फिट तल ढुङ्गामा च्यापिएको अवस्थामा एपीएफ टोलीले उनको शव फेला पारेको हो ।

एपीएफ टोलीद्वारा गाँजा बरामद

सर्लाही जिल्लाको बलरा नगरापालिका ३ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव ४ किलाे गाँजा बरामद गरेको छ । उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

साे गाँजा ल्याउँदै गरेका व्यक्तिले बोकेको झोला एपीएफ टोलीलाई देख्नासाथै सोही ठाउँमा फाली फरार भएपछि सो झोलामा जाँच गर्दा
उल्लेखित परिमाणको गाँजा फेला परेपछि बरामद गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.