एपीएफ टोलीद्वारा श्रोत नखुलेको एघार लाख पचास हजार रुपैयाँसहित दुई जना पक्राउ

| 2021 May 04 | 08:10 am 149

मोरङ्ग, बैशाख २१ः जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट  एपीएफ टोलीले ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षीय अमोद यादव र भारतमा घर बताउने १८ वर्षीय अभिषेक चौधरी रेहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उनीहरुको
साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि उक्त रुपैयाँसहित पक्राउ गरिएको हो ।

एपीएफ टोलीले यादवको साथमा ५ लाख रुपैयाँ र निज चौधरीको साथमा ६ लाख ५० हजार रुपैयाँ फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईलेक्ट्रोनिक्स सामान र मोवाईल पार्टस् बरामद गरेको छ ।

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.