एपीएफ टोलीद्वारा श्रोत नखुलेको रुपैयाँसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 29 | 09:07 pm 1885

रौतहट, माघ १६ः जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट एपीएफ टोलीले श्रोत नखुलेको ४ लाख ३० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ६ बस्ने २७ वर्षीय सुरेन्द्र यादव छन् । प्रदेश नम्बर ३–०१–०२२ च ६३२८ नम्बरको स्कारपियाे गाडीमा सवार यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेपछि निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

बिलबिजक बिनाको सामानसहित दुई जना पक्राउ
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ स्थित सीमा ईलाकाबाट  एपीएफ टोलीले करीव एक लाख १० हजार रुपैयाँ बराबरको बिलबिजक बिनाको किराना सामानसहित दुई जनालाई पक्राउ  गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको भिमदत्त नगरपालिका ११ बस्ने २१ वर्षीय महेश सार्की र २२ वर्षीय रामदल पन्त रहेका छन् ।

म १ च ३२४ नम्बरको पिकअप भ्यानमा राखेर उक्त सामान ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ब्रम्हदेवबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुले सो सामानको बिलबिजक देखाउन नसकेपछि पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।

सालको गोलिया काठ बरामद 
पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ स्थित पर्सागढीबाट एपीएफ टोलीले करीव एक लाख ४९ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

ना १ त २८७४ नम्बरको ट्याक्टरमा बालुवा भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको करीव ४३ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले काठ ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरेको छ । बरामद काठ तथा ट्याक्टर सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.