एपीएफ टोलीद्वारा लागूऔषधसहितएक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 May 12 | 07:42 am 2594

सर्लाही, बैशाख ३०ः जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका ३ का १९ वर्षीय अर्जुन यादव रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले निज यादवलाई शंका लागि जाँच गर्दा उनको साथमा वालरेक्स २५ बोतल र नाईट्राभेट ट्याब्लेट ७५ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.