एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन पक्राउ

रिपोर्ट नेपाल | 2020 Apr 23 | 08:48 pm 1704

ईलाम, बैशाख ११ः जिल्लाको माई नगरपालिका ३ स्थित रबरडाँडाबाट एपीएफ टोलीले ०.८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको माई नगरपालिका ४ कालीखोलाका १९ बर्षीय बिराज लिम्बु र झापा जिल्लाको अर्जुनधारा नगरपालिका ३ का २९ बर्षीय सन्जिब राई रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दानाबारीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

बा ५ प ९६३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट मोबाईल सेट दुई वटा र नौ सय रुपैयाँ समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको लहान नगरपालिका २० का २२ बर्षीय मोहमद मोहोदिन मियाँलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले निज मियाँलाई डाईजिल्याब १६ बोतल, प्रोमेजिन १६ बोतल र १५ वटा सेतो बोतलमा पानी जस्तो देखिने लागूऔषधसहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेका निज मियाँलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.