एपीएफ टोलीद्वारा लागूऔषधसहित साह पक्राउ

| 2021 Mar 14 | 07:15 pm 3493

बारा, फागुन १ः जिल्लाको विश्रामपुर गाउँपालिका १ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको परवानीपुर गाउँपालिका ५ का २० वर्षीय शैलेन्द्र साहकानु रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश छतवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ईन्जेक्सन ४ सय ९८ वटा ब्रुफिन ४ सय ९८ वटा र फेनारागन ४ सय ९८ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको छ ।

यसैगरी कैलालीकाे भजनी नगरपालिका ३ करेसावारीबाट एपीएफ टोलीले २० वटा स्पास्प्राट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही टिकापुर नगरपालिका बस्ने २० वर्षीय अम्मर साउद र २० वर्षीय ईन्द्र रावल रहेका  छन् । मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कुसुमबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका भजनीमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.