एपीएफ टोलीद्वारा लागूऔषध तथा अवैध सामानसहित २ पक्राउ

| 2021 Jan 10 | 08:05 pm 2181

सिरहा, पुस २६ः जिल्लाको औरही गाउँपालिका १ दरैया स्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ बस्ने गौरव भण्डारी रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियापट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ४ वटा, स्पास्मो ट्याब्लेट ५ वटा र डाईलेक्स डिसी २ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज भण्डारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी हरकट्टिमा बुझाईएको छ ।

चोरीपैठारीको सामानसहित एक पक्राउ
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट  एपीएफ टोलीले करीव एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ५ बस्ने ३७ वर्षीय झगडु राय रहेका छन् । ना १ ज ३२९६ नम्बरको टेल्को पिकअप गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त गाडी समेत बरामद गरेको छ । पक्राउ परेका रायलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

चोरीपैठारीको लत्ताकपडा बरामद
सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव तीन लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डर सिरहामा बुझाईएको छ ।

सालको काठ बरामद
सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिका १२ लाठीगैरा आँपखोलीबाट पौष २५ गते एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ ।

सोही ठाउँमा रहेको राष्ट्रिय वनबाट सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय सुरक्षा वेश घुमखहरेबाट खटिएको एपीएफ टोलीले त्यसवेला उल्लेखित मुल्य बराबरको करीव ३८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको हो ।

बरामद काठ सव डिभिजन वन कार्यालय मेहेलकुनामा बुझाईएको छ  सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.