एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 02 | 08:11 pm 2052

सिरहा, असार १८ः जिल्लाको औरही गाउँपालिका १ दरौया स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको अर्नमा गाउँपालिका ४ बस्ने २५ वर्षीय अमितकुमार मण्डल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका मण्डललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोजन ट्याब्लेट पाँच वटा र डाईलेक्स एक बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ राजदेवी स्थित सीमा ईलाकाबाट बिहीबार एपीएफ टोलीले करीव एक लाख छ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र सुर्तीन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल जिल्ला सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.