एपीएफ टोलीद्वारा भरुवा बन्दुक तथा सालको काठ बरामद

रिपोर्ट नेपाल | 2020 Mar 20 | 08:38 pm 1830

डडेलधुरा, चैत ७: जिल्लाको परशुराम नगरपालिका ५ स्थित परिगाउँबाट बिहीबार एपीएफ टोलीले एक नाल भरुवा भन्दुक बरामद गरेको छ ।

सोही ठाउँमा रहेको सामुदायिक वनमा पासो थापेर राखेको अवस्थामा उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जोगबुढाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद भरुवा बन्दुक स्थानीय प्रहरीमा बुझाएको छ ।

सालको काठ बरामद

पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ पारसपटेल चोकबाट शुक्रबार एपीएफ टोली र वन कार्यालयका कर्मचारीले करीव एक लाख २३ हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ ।

सोही स्थानमा रहेको जंगलबाट काठ कटान गरी अवैध रुपले साईकलमा राखी ल्याउँदै गरेको उक्त मुल्य बराबरको करीव ३१ क्यूफिट सालको काठसहित उक्त साईकल सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वेल्वासबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालय सोलकपुरका कर्मचारीले बरामद गरेको हो।

बरामद काठ तथा साईकल सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.