एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Apr 20 | 09:17 pm 1829

कञ्चनपुर, बैशाख ८ः जिल्लाको बेलडाडी गाउँपालिका ३ स्थित बैबाहबाट अाइतबार एपीएफ टोलीले करीव एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको गोदावारी नगरपालिका २ अत्तरीयाका २५ वर्षीय दिपक चौधरी र २२ वर्षीय बिरेन्द्र चौधरी रहेका छन् ।

से ७ प ५३६६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट झिलमिलाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा उक्त ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद ब्राउन सुगर तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

एपीएफ टोलीद्वारा गाँजा बरामद 

रौतहट जिल्लाको गुजरा नगरपालिका ४ जंगलशैया स्थित लालबकैया खोलाबाट अाइतबार एपीएफ टोलीले करीव नौ किलाे पाँच सय ग्राम गाँजा बरामद गरेको छ ।

उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

नम्बर नखुलेको मोटरसाईकलमा आउँँदै गरेका केही व्यक्तिहरुले एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा खोलामा फालेर फरार भएपछि बरामद गरिएको हो । बरामद गाँजा एपीएफ टोलीले जिल्ला प्रहरी कार्यालय गौरमा बुझाएको छ ।

एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद

पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ स्थित झाप्राबाट एपीएफ टोलीले करीव ५९ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

सोही ठाउँ नजिकै रहेको जंगलबाट अवैध रुपले कटान गरी तीन वटा साईकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको १७ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वेलवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

उक्त काठ ल्याउन प्रयोग भएको तीन वटै साईलक समेत बरामद गरिएको छ । बरामद सालको गोलिया काठ तथा तीन वटै साईकल शव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.