एपीएफ टोलीद्वारा ब्राउन सुगर तथा स्राेत नखुलेकाे रकमसहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 19 | 07:51 pm 2321

झापा, माघ ६ः जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीपुल डाँडा इलाकाबाट एपीएफ टोलीले ५० ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाँचथर जिल्लाको अमरपुर ६ बस्ने २७ बर्षीय अरुण सुब्बा लिम्वु र सुनसरी जिल्लाको महेन्द्रनगर नगरपालिका ४ बस्ने २४ वर्षीय ईश्वर थापा रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

 स्राेत नखुलेको दुई लाख रुपैयाँसहित दुई जना पक्राउ
रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले श्रोत नखुलेको दुई लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको शिवहर ग्रामपंचायत ९ घर बताउने ३१ वर्षीय असरथ मन्सुरी र ३० वर्षीय ओसी मोहमद रहेका छन् ।

बीआर ३० वाई ५४३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित रुपैयाँ फेला परेको हो ।

उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि दुवै जनालाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.