चितवन, साउन २२ः जिल्लाको ईच्छाकामना गाउँपालिका ६ जलविरे स्थित झरनामा नुहाउने क्रममा बेपत्ता एक जनाको शव एपीएफ टोलीले फेला पारेको छ ।
सोही गाउँपालिका ४ बस्ने २० वर्षीय अभिशेक मगर सो झरनामा नुहाउने क्रममा बेपत्ता भएका थिए ।
उक्त घटनाबारे जानकारी पाउनासाथै खोजी तथा उद्वार कार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको एपीएफ
टोलीले उनको शव डिप डाईभिङ्ग बिधिद्वारा खोचबाट बाहिर निकालेको हो ।
एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ
सिरहा जिल्लाको मिर्चैयाँ नगरपालिका १० हाट बजारबाट बिहीबार एपीएफ टोलीले करीव तीन किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको सिरहा नगरपालिका १६ मार्डर बस्ने ६० वर्षीय मने मोची रहेका छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मिर्चैयाँबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीद्वारा चरेश बरामद
पर्सा जिल्लाको पोखरीया नगरपालिका २ झाक्रा मसिहानीबाट एपीएफ टोलीले करीव ३६ किलो चरेश बरामद गरेको छ ।
उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पोखरीयाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चरेश स्थानीय प्रहरीमा बुझाईएको छ ।
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका ३ उत्तरबारी टोलबाट एपीएफ टोलीले करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भारतीय नम्बरको दुई वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट रघुनाथपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुवाबाट एपीएफ टोलीले करीव चार लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको एपीएफ टोलीले करीव दुई लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ ।
अवैध रुपले ओसार पसार गर्दै गरेको उल्लेखित मुल्य बराबरको ईनामेल, किराना सामान, मदिरा र केराउ एपीएफ टोलीले सप्तरी जिल्लाको डाँक्नेश्वरी नगरपालिका ४ कुशाहाबाट बरामद गरेको हो ।
यसैगरी सर्लाही जिल्लाको विष्णु गाउँपालिका २ स्थित पकडीबाट एपीएफ टोलीले करीव दुई लाख २२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिमराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।