एपीएफ टोलीद्वारा पहिरोले बगाएको कारबाट नगद तथा जिन्सी फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाईयो

रिपोर्ट नेपाल | 2020 Jul 20 | 08:43 pm 2409

धादिङ, साउन ५ः जिल्लाको गजुरी गाँउपालिका ५ घाँटबेसीमा सोमबार पहिरो सँगै आएको भेलमा परी बगेको एक कारबाट एपीएफ टोलीले एक लाख ५० हजार रुपैयाँ तथा एउटा ल्यापटप बाहिर निकाली सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आदमघाटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशप्रसाद रिजालको कमाण्डमा खटिएको एपीएफ टोलीले भेलमा बगेको कारबाट उल्लेखित रकम तथा ल्यापटम सुरक्षित रुपमा निकालेको हो ।

उक्त कारमा सवार व्यक्तिहरु कारबाट बाहिर निस्कन सफल भएका थिए भने उक्त कार भेलले त्रिशुली नदीको किनारमा खसालेको बताईएको छ ।

No description available.

बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

तनहुँ जिल्लाको भानु नगरपायलिका ९ सिमलगैरामा महेन्द्र धउरालीको घर पहिरोले बगाउँदा १७ वर्षीया तिपसमा धउराली र ८० बर्षिया तिलमाया धउराली पहिरोमा पुरिएर बेपत्ता भएको बताईएको छ ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण तनहुँबाट एपीएफ टोली खटिई गई खोजी तथा उद्धार कार्यमा जुटेको छ ।

यसैगरी धादिङ जिलाको गजुरी गाँउपालिका २ मलेखुस्थित माछा बजारमा कच्ची घर पहिरोले पुरिँदा एक जना व्यक्ति पहिरोमा पुरिएर बेपत्ता भएको तथा एक जना व्यक्तिलाई घाइते अवस्थामा फेला पारी उद्धार गरिएको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धादिङबाट एपीएफ टोली खटिई गई खोजी तथा उद्धार कार्यमा जुटेको छ भने घाईते व्यक्तिलाई उपचारार्थ सामुदायिक अस्पताल पठाईएको छ ।

No description available.

यसैगरी दार्चुला जिल्लाको महाकाली नगरपालिका ३ डुङरीस्थित स्थित लास्कु खोलामा पानीको बहाव बढ्न गई खोलाको किनारमा रहेका तीन वटा पसल तथा दुई
वटा घरभित्र पानी पसेर डुवानमा परेपछि उक्त घरहरुमा रहेको सामानहरु एपीएफ टोलीले सुरक्षित स्थानमा सारेको छ ।

उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको एपीएफ टोलीले उक्त पसल तथा घरहरुमा रहेको सामान सुरक्षित स्थानमा सारेको हो ।

No description available.

नदीले बगाएको शब फेला

बर्दिया जिल्लाको गेरुवा गााउपालिका ५ स्थित कर्णाली नदीमा बेपत्ता भएका एक जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ ।

नदीमा बगेर आएको दाउरा निकाल्ने क्रममा सोही ठाउँ बस्ने ३४ बर्षीय कालीचरण चौधरी नदीमा बगेर बेपत्ता भएका थिए ।

उक्त घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीले खोजी कार्य गर्दा चौधरीको शब घटनास्थल भन्दा करीब एक किलोमिटर दक्षिणतर्फ फेला पारिएको हो ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भजौलीस्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले करीब एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.