एपीएफ टोलीद्वारा डुवानमा परेकाहरुको उद्वार तथा लागूऔषध कारोबारी पक्राउ

| 2020 Jul 30 | 10:17 pm 1738

काठमाडौं, साउन १५ः कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी र वडा नम्बर ९ खक्रौला स्थित मोहना नदीमा आएको बाढीले सो स्थानमा रहेका करीव तीन सय ३०
घरभित्र पानी पसेर डुबानमा परेकाहरुको एपीएफ टोलीले उद्धार गरेको छ ।

उक्त ठाउँमा घरहरु डुबानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट एपीएफ टोली खटिई गई उद्धार कार्यमा सकृयताका साथ जुटेको थियो ।

डुबानमा परेका ५५ जना मानीस, ३७ वटा चौपाया तथा ती घरमा रहेका सरसामानहरु सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ८ स्थित सोनाफाँटा ईलाकामा गौरीखोलाको पानी बस्तीमा पसेर डुवानमा परेपछि सो ठाउँमा फसेका दुई जनाको एपीएफ टोली र स्थानीय प्रहरीले जिवितै उद्धार गरेको छ ।

डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनीहरुको उद्धार कार्यमा खटिएको थियो ।

डुवानमा परेर सोही ठाउँ बस्ने ईश्वर शाह, चन्द्र विक र ११ बर्षीय स्केल चौधरी बेपत्ता भएको बताइएको छ ।

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

मोरङ जिल्लाको रतुवामाई नगरपालिका २ डोरीयास्थित सीमा ईलाकाबाट एपीएफ टोलीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

को २ ह २८७३ नम्बरको ट्याम्पुमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोरीयाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ८ पत्ता र स्पास्मो ट्याब्लेट ३ पत्ता फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको उर्लाबारी नगरपालिका ४ बस्ने २९ बर्षीय सुरज बिक, सोही नगरपालिका ५ बस्ने २८ बर्षीय विबस लामा र ट्याम्पो चालक सोही जिल्लाकै धनपाल गाँउपालिका ३ बस्ने ३८ बर्षीय सुवर्ण राम रहेका छन् ।

एपीएफ टोलीले उक्त ट्याम्पु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा ट्याम्पुसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.