एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रिपोर्ट नेपाल | 2021 Feb 07 | 07:30 pm 5493

महोत्तरी, माघ २५ः जिल्लाको मटिहानी नगरपालिका ८ रामजानकी मन्दिरस्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले करीब पाँच लाख २५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको टेलिभिजन, मोर्टर पाटर््स तथा लत्ताकपडा बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।

()

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.