एपीएफ टोलीद्वारा चोरीपैठारीको पाउडर दूधसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 22 | 09:00 pm 2173

धनुषा, असार ८ः जिल्लाको धनौजी गाँउपालिका ४ बाट एपीएफ टोलीले करीब ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको पाउडर दूधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ बर्षीय बिजय मण्डल रहेका छन् ।

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस ईटहरुवाबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई उल्लेखित पाउडर दूधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका निज मण्डललाई बरामद पाउडर र्दधसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रौतहट जिल्लाको गौर नगरपालिका ४ लालबकैयास्थित बाँधबाट एपीएफ टोलीले करीब एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीब एक लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाईल सेट र सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।

अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका १ सिमलपानीबाट बरामद गरिएको हो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.