एपीएफ टोलीद्वारा अवैध लागूऔषध तथा सालकाे गाेलियाकाठ बरामद

रिपोर्ट नेपाल | 2020 May 27 | 09:24 pm 1989

सप्तरी, जेठ १४ः जिल्लाको छिन्नमस्ता गाँउपालिका ६ स्थित बखडिबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले डाईलेक्स डिसी तीन सय बोतल, नाईट्रोसन ट्याब्लेट ८ पत्ता र स्पास्मो २३ पत्ता बरामद गरेको हाे ।

च २ प ८३९३ नम्बरको मोटरसाइकलमा सवार व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडि फरार भएपछि उक्त मोटरसाइकलमा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेपछि बरामद गरिएको हो ।

एपीएफ टोलीले उक्त मोटरसाइकल समेत बरामद गरेको छ । बरामद  लागूऔषध तथा मोटरसाइकल स्थानीय प्रहरीमा बुझाइएको छ ।

सालको गोलिया काठ बरामद

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ बाट एपीएफ टोली र स्थानीय वन कार्यालयको टोलीले सालको गोलिया काठ बरामद गरेको छ ।

सो ठाउँस्थित वनमा लुकाईछिपाई राखेको अवस्थामा १ सय ४८ क्युफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चतराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर बस्नेतको कमाण्डमा खटिएको एपीएफ टोली र सब डिभिजन वन कार्यालय चतराबाट खटिएको टोलीले बरामद गरेको हो ।

बरामद काठ सब डिभिजन वन कार्यालय चतरामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.