एपीएफ टाेलीद्वारा अवैध लागूऔषधसहित तीन जना पक्राउ 

रिपोर्ट नेपाल | 2020 May 02 | 07:53 am 1903

पश्चिम नवलपरासी, बैशाख २०ः जिल्लाको रामग्राम नगरपालिका १२ स्थित कसियाबाट  एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाउँपालिका ३ का २७ वर्षीय दिपेन्द्र बराल र चितवन जिल्लाको भरतपुर महानगरपालिकाका ३७ वर्षीय पवन घले रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट परासीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजोपाम एक सय ५१ एम्पुल, नुफिन १ सय ५१ एम्पुल, फेनारागन एक सय ५१ एम्पुल र दुई वटा सिरिन्ज फेला परेपछि  पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

यसैगरी सोही जिल्लाको सरावल गाँउपालिका ७ भुजहवाबाट एपीएफ टोलीले १० वटा अनरेक्स र १६ वटा वीन स्पास्मो नामक लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको रामग्राम नगरपालिका ६ का ३४ वर्षीय मनिष तिवारी रहेका छन् ।

भारतबाट अवैध रुपले लुकिछिपि प्रवेश गरेका निज तिवारीको साथमा उक्त लागूऔषध फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.