एन-प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला

| 2020 Apr 24 | 12:00 pm 1968

कैलाली, बैशाख १२ः जिल्लाको गौरीगंगा नगरपालिका- ९ मसुरियामा गएराति एक जना शिक्षक मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा साेही ठाउँस्थित रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल ४० वर्षीय कृष्णप्रसाद भुसाल रहेका छन् । भुसाल निजी विद्यालयहरुको संगठन एन-प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेकाे बुझिएकाे छ ।

स्थानीयका अनुसार उनको हत्या भएको हुन सक्ने आशंका गरेका छन् । उक्त हत्या आशंकामा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । मृत भेटिएका भुसालकाे शरीरमा चाेट र घाउ समेत देखिएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले भुसालसँगै मदिरा पिएका एक जना साथी र होटल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएका छन् । प्रहरीले उनीहरुको नाम भने गाेप्य नै राखिएको छ ।

भुसालकाे शव पुर्व-पश्चिम राजमार्गको पहलमानपुर बजारबाट एक किलोमिटर पश्चिममा फेला परेका हुन् । बिहीबार राति साढे १० बजे उनको शव पूर्व–पश्चिम राजमार्गको किनारमा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.