एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ धरौटीमा रिहा

रिपोर्ट नेपाल | 2020 Feb 06 | 03:29 pm 1945

कास्की, माघ २३: गत माघ ७ गते गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङ)ले कार्यक्रम स्थलमा हातपात गरेका अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ धरौटी रिहा भएका छन् ।

उनलाई उच्च अदालत पोखराले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि गुरुङ जेलबाट रिहा भएका हुन् ।

गुरुङलाई तारेखमा रिहा गरिएको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । मनाङे पक्राउ परे लगत्तै बैकिङ कसुर अन्तर्गत गुरुङ पनि पक्राउ परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.