काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदानल पुर्याउने व्यावसायीक सामाजिक उत्तरदायित्व पहल अन्र्तगत एनसेलले यी छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो ।
यस पहल अन्र्तगत, एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबै भन्दा बढि अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।
बिहीबार एक समारोहका बीच ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकका क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रा, सहायक क्याम्पस प्रमुख जीतेन्द्र कुमार मानन्धर र एनसेलका प्रतिनिधीहरुले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेका थिए । १२ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको थियो । साथै उत्कृष्ट नतिजा ल्याई यी तीन संकायबाट स्नातक उतीर्ण गरेका चार जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो ।
जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेल सँधै नेपाली युवा प्रतिभाको विकासका लागि प्रतिबद्ध रहेको छ । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानले कम्पनीको यही प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एनसेलले पाँच वर्षदेखि निरन्तर प्रदान गरेका यी छात्रवृत्ति र उत्कृष्टता सम्मानले युवा विद्यार्थीहरुको लगन तथा मिहेनेतलाई कदर गर्दै उनीहरुलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गर्दै आएको छ । यस्तो महत्वपूर्ण कार्यका लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान तथा केन्द्रिय क्याम्पस पुल्चोकसँग सहकार्य गर्न पाउँदा कम्पनी गर्ववान्वित रहेको एनसेलले जनाएको छ ।
एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ५ वर्ष (२०७१/२०७५) का लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । पाँच वर्षको अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने गरी २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् ।
यस अवधिमा एनसेलले विद्यार्थीको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान वापत रु ८० लाख प्रदान गरेको छ । एनसेल छात्रवृत्ति स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय र तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने गरेका छन् । यो वर्षको छात्रवृत्ति ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायका प्रथम, द्घितीय र तृतीय वर्षमा उत्कृष्ट नतिजा ल्याएका ९ जना उत्कृष्ट विद्यार्थी तथा तीनवटै संकायका छात्रामध्येबाट प्रथम, द्घितीय र तृतीय बर्षमा उत्कृष्ट नतिजा ल्याएका ३ जना छात्राले पाएका छन् ।
उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १/१ जना गरी ३ जना र यी तीनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रा गरी ४ जनाले यो सम्मान पाएका छन् । प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको राशि एक लाख रुपैयाँ रहेको छ ।
ए