एनजीओको लागि सामान आवश्यक भन्दै ठगी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 13 | 06:34 pm 2576

ललितपुर, असोज २७ः बिभिन्न मितिमा ललितपुर र काठमाडौं बिभिन्न पसलहरुबाट पिपोल केयर नेपाल नामक संस्थाको लागि फर्निचर, कार्पेट, ईलोक्ट्रोनिक सामान र स्टेसनरीको सामान ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली मरिन गाउँपालिका ७ बारबिसे स्थायी घर भई हाल काठमाडौं बेसीगाउँ बस्ने ३३ वर्षीय बिक्रम शाह भन्ने निरन्जन थापा रहेका छन् ।

उनले करिब ५३ लाख ३१ हजार २ सय ५३ रुपैयां बराबरको सामान लिई तत्पश्चात भुक्तानी नगरी घर धनी समेतलाई झुक्याई सामान सहित लिई गई ठगी गर्ने थापालाई यही असोज २१ गते ठगीका सामान सहित महानगरीय प्रहरी परिसर ललिपुरबाट खटिएको प्रहरी टोली पक्राउ गरी थप अनुसन्धान भई रहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.