काठमाडौं, चैत १: नेपाल ओलम्पिक कमिटीले एनओसी अवार्डको घोषणा गरेको छ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा सोमबार बसेको बैठकले अवार्ड घोषणा गर्दै कमिटी गठन गरेको छ। अवार्ड ओलम्पिक दिवसका दिन जुन २३ मा प्रदान गरिने भएको छ।
अवार्ड कमिटीका समन्वयकर्तामा ओलम्पिक कमिटीका केन्द्रीय सदस्य गोपालसुन्दरलाल कक्षपति छन्। यसैगरी सदस्यहरूमा विनयराज पाण्डे, पद्मकृष्ण श्रेष्ठ, गोपाल चित्रकार, गोपाल बस्नेत, महेन्द्र विष्ट, देवेन्द्र सुवेदी, किरण वज्राचार्य, गीता शाह, रीता विष्ट, दीपक विष्ट र अश्रेता कार्की चौधरी छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट