काठमाडौँ, साउन ८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनमा कार्यकारी अध्यक्ष डा. बद्री केसीले निर्वाचन समितिले भन्दा पहिल्यै मतपरिणामको नतिजा सार्वजनिक गरेर महान भूल गरेको आरोप लागेको छ ।
कार्यकारी अध्यक्ष केसीले अस्ट्रेलियामा रहेको आफ्नै कम्पनी भेरो भोटिङ मार्फत निर्वाचन नतिजा प्राप्त गरी आफू नजिकका व्यक्तिलाई बाँडेको पनि आरोप लागेको छ ।
निर्वाचनको नतिजा समितिले प्राप्त गरी घोषणा गर्नु पर्नेमा अग्रिम घोषणा गरेको जनाइएको छ । कार्यकारी अध्यक्ष केसीले गरेको गल्ती प्रति सदस्यहरुले आवाज उठाए पछि केसीले नतिजा सार्वजनिक गरेको स्वीकार गरेका छन् । उनले नतिजा कम्पनीबाट आफैले प्राप्त गरी ह्वाट्सएप ग्रुपमा शेयर गरिएको पनि स्वीकार गरेका छन् ।
आफूले गरेको भूलका विषयमा एक विज्ञप्ती जारी गर्दै “निर्वाचन समितिले आधिकारिक रुपमा सार्वजनिक गर्नु अगाडि संघका पदाधिकारीहरुबाट नतिजा चुहिन गएकाले पनि आशंका बढेको भन्दै क्षमायाचना गरेका छन् ।