एटिएम मेसिन फुटाउँदै गर्दा एक पक्राउ

रिपोर्ट नेपाल | 2020 May 30 | 08:03 pm 2165

भक्तपुर,जेठ १७ः मध्यपुर ठिमी नगरपालिका-६ बाहखा बजारस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर ठिमी नगरपालिका-६ नगदेश बस्ने २१ बर्षीय सचिन तामाङ रहेका छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

उक्त बैंकको एटिएम फुटाउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।

तामाङको साथबाट मेशिन फुटाउन प्रयोग गरेको ह्याम्बर १ थान, स्क्रु १ थान, एटिएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.