एघार दिनपछि साजनको शव फेला

| 2023 Aug 04 | 07:31 am 16929

काठमाडौँ, साउन १९ । काठमाडौँको रानीबारीस्थित सामाखुसीखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १२ वर्षीय साजन बुढामगरको शव ११ दिनपछि फेलापरेको छ।

घरबाट फुटसल खेल्न निस्कनेक्रममा झुक्किएर साउन ७ गते दिउँसो मगर बेपत्ता भएका थिए। वृत्त कीर्तिपुर, फर्पिङ, कालीमाटी, भैँसेपाटीलगायतका प्रहरी इकाइबाट खटिएका ३७ जना प्रहरी टोलीले ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदीकिनारमा शव फेलापारेको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले शव सनाखत भइसकेको जानकारी दिनुभयो।

भोजपुर चम्पे गाउँपालिका–२ घर भई सामाखुसी बस्दै आउनुभएका मनोज मगरका १२ वर्षीय छोरा साजन बुढामगरको शव उहाँका परिवारले सनाखत गरेपछि प्रहरीले शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगेको छ। घरबाट फुटसल खेल्न निस्कनेक्रममा साजन एक्कासि नालामा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयले निरन्तर खोजी गरेका थिए।

  • गाेरखापत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.