‘एक व्यक्तिको गल्तीले पूरै संगठनको बदनाम हुने वातावरण सृजना भएको छ’

| 2018 Oct 31 | 06:05 pm 1663

काठमाडौँ, कार्तिक १४ : केही समयदेखि प्रहरी संगठनको आलोचना भइरहेकाले संगठन आन्तरिक सुद्धिकरणको प्रयास थालिएको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्तमराज सुवेदीले संगठन सुधारको योजना थालिएको बताएका हुन्।

एसएसपी सुवेदीले संगठनभित्र रहेका एक व्यक्तिको गल्तीले पूरै संगठनको बदनाम हुने वातावरण सृजना भएको दाबी गरे। एक व्यक्ति गरेको  अपराधलाई प्रहरी संगठनसँग तुलना गर्न नमिल्ने समेत प्रवक्ता  सुवेदीले बताए । ,’एक व्यक्तिको गल्तीले संगठन नै बदनाम हुने अवस्था आयो। व्यक्तिको गल्तीलाई संगठनले गरेको गल्तीको रूपमा नहेरि दिनुहोला।’ उनले भने, ‘व्यक्तिले गरेको अपराधलाई संगठनसँग जोड्न मिल्दैन । अपराध गर्ने व्यक्तिलाई प्रहरीले कारबाही गर्न नसके संगठनसँग जोड्नुहोस् ।’

अपराध गर्ने व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता गर्दै  राम्रो व्याक्तिलाई राम्रै र नराम्रोलाई नराम्रै भन्न समेत आग्रहर गरे  । उनले भने,  ‘ खराब मान्छेलाई खराब नै र राम्रो मान्छेलाई राम्रै भनिदिनु होला तर राम्रो मान्छेलाई नभनिदिनु होला ।’ प्रहरीले गरेको राम्रो कामको उजागर गरिदिन समेत प्रवक्ता सुवेदीले आग्रह गरे ।

३३ किलो सुन प्रकरण, निर्मला हत्याकाण्ड लगायत विषयमा प्रहरी आलोचित हुँदै आएको पनि स्वाकारे। गैरव्यवसायिक काम गर्ने प्रहरी कर्मचारीलाई गधाको संज्ञा दिँदै त्यस्ता व्यक्तिलाई हटाइने एसएसपी सुवेदीले बताए। एसएसपी सुवेदीले भने, ‘सङ्गठनभित्र छिरेका सबै गधा गाई नहुन सक्छन्, गधाको रूपमा छिरेका व्यक्तिलाई सङ्गठनले लुकाउने छिपाउने गरेको छैन। गधाको पहिचान गरी हटाइएको छ। कारबाही भएका छन्।’

गत साउन १० गते कञ्चनपुरमा भएको निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको लापरबाही भएको भन्दै प्रहरी सबैभन्दा धेरै आलोचित हुँदै आएको छ। निर्मला प्रकरण अनुसन्धानमा लापरबाही गर्ने केही प्रहरी निलम्बनमा परेका छन्। एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सेवाबाट हटाइसकिएको छ।

समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरीले समुदाय प्रहरी साझेदारी अभियान सुरु गरेको र सबैलाई सहयोग गर्न समेत प्रहरीले आह्वान गरेको छ। समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रममा ७५३ स्थानीय तह, ६ हजार ७ सय ४३ वडा, २ हजार ५ सय ४५ प्रहरी इकाई, ३६ हजार विद्यालय, १० हजार सामाजिक सं-सस्था ७५ लाख विद्यार्थी करिब ४ लाख शिक्षक र ७५ हजार प्रहरी माझ पुग्ने विश्वास प्रहरीले लिएको छ ।

प्रहरी मेरो साथी जस्ता अभियानले नागरिकलाई प्रहरीसँग केहि नजिक बनाए पनि उति प्रभावकारी हुन् सकेन । त्यसैले समुदाय प्रहरी साझेदारीले नागरिकको प्रहरीको सम्बन्धलाई अझै नजिक बनाउने आशा गरिएको छ । जस्बाट नागरिकहरुले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नेछन् र सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी सफल हुने  प्रवक्ता सुवेदीले बताए ।

अभियानको सार्थकता र औचित्य के  ?

१. शान्ति सुरक्षाका लागि समुदाय प्रहरीबीच साझेदारीका लागि समझदारी सम्झौता गरेर त्यसका आधारमा कार्यक्रम हुनेछन् जस्ले शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।
२. सामुदायिक सुरक्षा र व्यवस्थापनका लागि स्थानीय तह, विद्यालयहरू, सामाजिक संघसंस्था तथा दातृ निकायसँग सहकार्य हुनेछ् । जले गर्दा सबै तह तथा संघसंस्थाहरुले सुरक्षाको प्रत्याभुति गर्नेछन् ।
३. विद्यार्थी, अभिभावक र शिक्षक समूहमा देशको कुल जनसंख्यामध्ये ४० प्रतिशत जनसंख्या विद्यालय समुदायका रूपमा रहेकाले त्यसलाई विशेष प्राथमिकता दिइनेछ ।
४.अपराध गर्ने र त्यसबाट पीडित हुनेमा बालबालिका र युवा बढी रहेकाले उक्त समूहमा कार्यक्रम केन्द्रित गरिनेछ । जस्ले गदा अपराध रोकथाम तथा न्युनिकरणमा मद्धत गर्नेछ ।
५. युवाहरूलाई स्वयंसेवकका रूपमा संगठित गरेर अपराध नियन्त्रणमा क्रियाशील बनाउनुका साथै युवाहरुलाई चेतना अभिवृद्धीमा सहयोग गरिनेछ ।
६. सामुदायिक गस्ती, स्वयंसेवक परिचालन, तथ्याङ्क संकलन, वातावरण बचाउ, फरार अपराधी पक्राउ, दुर्घटना न्यूनिकरणलगायतका १० वटा क्षेत्र निर्धारण गरिनेछ । जस्ले अभियानलाई थप प्रभावकारी बनाउनेछ ।
७ महिला, बालबालिका, जेष्ठ नागरिकलगायतका समूहलाई प्राथमिकता दिइनेछ भने सुरक्षा सचेतनाका लागि घरदैलो, पर्चा वितरण तथा सांस्कृतिक कार्यक्रम गरिनेछ । जस्ले गर्दा नागरिकहरु प्रहरीसँग अझ नजिक हुनेछन् ।
८. सुरक्षा सम्बन्धी विशेष पाठ्यक्रम बनाएर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अध्यापन गराइनेछ जस्ले युवा तथा किशोर किशोरीहरुमा सुरक्षाका विषयमा सर्तक हुन मद्धत गर्नेछ ।

यी यस्ता विभिन्न विशेषता तथा आवश्यकतालाई मध्यनजर गर्दै प्रहरी साझेदारी अभियान संचालन गरिएको हो । अभियानलाई सफल बनाउन नेपाल प्रहरीले नागरिकहरुसँग हार्दिक अपिल पनि गरेको छ । साथै अभियानमा ३५ हजार वडा प्रतिनिधिहरू, ७५ लाख विद्यार्थीहरू, ४० लाख अभिभावकहरू, ४ लाख शिक्षकहरू तथा ७५ हजार प्रहरीहरू प्रत्यक्ष रूपमा सहभागी हुनेछन् । शान्तिपूर्ण र सुरक्षित समाजका लागि यो अभियान तय गरिएको हो ।

प्रवक्ता सुवेदीले कात्तिक ११ गते आइतवारदेखि देशभर शुरू भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सम्पूर्ण प्रहरी संगठनलाई सामुदायिक प्रहरी बनाउने अभियान भएको बताउँछन् ।

‘नागरिकले प्रहरी देखेर डराउनेभन्दा पनि सुरक्षित महसुस गर्ने वातावरण सिर्जना गर्ने नै यो अभियानको उद्देश्य हो,’  सञ्चारकर्मीसँगको अन्तक्र्रियामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने, ‘यो कार्यक्रम ७५ हजार जनशक्ति भएको प्रहरी संगठनलाई नै सामुदायिक प्रहरीमा रुपान्तरण गर्ने अभियानको शुरूवाती चरण हो ।’

प्रहरीले शुरू गरेको ‘समुदाय–प्रहरी’ साझेदारी कार्यक्रमअन्तर्गत १० हजार प्रहरी प्रत्यक्ष रुपमा सहभागी हुने भएका छन् । त्यसका लागि उनीहरूलाई विशेष तालिम प्रदान गरिने एसएसपी सुवेदीले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.