एक लाख ५० हजार घुससहित नापी सर्वेक्षक पक्राउ

रिपोर्ट नेपाल | 2019 May 24 | 05:00 pm 2005

काठमाडाैं, जेठ १० :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित नापी सर्वेक्षक पक्राउ गरेको छ।नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा दुवैजनालाई नापी कार्यालय साँखुबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.