एक लाख घुस लिदा लिँदै सब-इन्जिनियर झा पक्राउ

| 2018 Jul 28 | 09:42 am 2218

तम्घास, साउन १२ : गुल्मीको तम्घासमा सेवाग्राहीसंग एक लाख रुपियाँ घुस लिँदै गरेको अवस्थामा तम्घास –सिमलटारी– प्यूठान सडकखण्डका सब–इन्जिनियर प्रकाश झा रंगेहात पक्राउ परेका छन् ।

तम्घास –सिमलटारी– प्यूठान सडक खण्ड निर्माणमा सेवाग्राहीसंग सडक निर्माणको रनिङ बिल पास गरेपाबत एक लाख घुस लिँदै गर्दा अख्तियार दुरुपयोग आयोगका टोलीले झालाई पक्राउ गरिएको छ ।

सब–इन्जिनियर झाले घुस बापत लिएको एक लाख रुपियाँ नगद सहित  पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । झालाई क्षेत्रीय कार्यालय बुटवलबाट खटिएको अख्तियारकाे टोलीले उनकै निवासबाट पक्राउ गरेएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.