एक महिनाभित्र अनुभूति हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

| 2024 Jul 15 | 08:15 pm 573

काठमाडौं ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई एक महिनाभित्र नागरिकलाई फरक सरकारको अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले यो सरकारलाई असफल हुने छुट नभएको बताए ।

सबै मन्त्रीहरु परिणााममुखी काममा केन्द्रीत हुनुपर्‍यो भन्ने उहाँको निर्देशन छ । कम्तिमा एक महिनाभित्र केही न केही फरकपन देखाउन र नागरिकलाई अनुभूति हुने गरी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको बताए ।

छ महिनाभित्र यो क्याबिनेटले काम गर्ने भयो भनेर विश्वास दिलाउने र एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि सबै भिजिवल परिर्वतन आउनुपर्‍यो, परिणा देखिनुपर्‍यो ।’ प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएको भन्दै मन्त्रालयहरुबीच समन्वय गरेर काम गर्न भनेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.