एक दलाल बादशाहको अन्त्य किन ?

| 2023 Mar 15 | 02:15 pm 13693

नेपाली समाजमा पुजिवादि राज्यसत्ता लादिएको उत्पिडनको साधन बनेकोछ । जस्ले जन विरोधी , राष्ट्र विरोधी , शान्ति बिरोधि चरित्र बोक्दै श्रमिक वर्गको मुक्ति, समानता र राष्ट्रको समृद्धिमानै अबरोध खडा गरिरहेछ । यस व्यवस्थाले राजनीतिको लागि कुनै औपचारिक वाद र आदर्शको पालनाको हिसाब, किताब जनताद्वारा गरेर मात्र प्रथम बन्ने नियमनै खारेज गरिदिएको छ । जनतालाई भुलाउन सक्ने, हसाउदै झुक्याउन सक्ने, कोरा समृद्धिका सपना जालभित्र चुनावी मत लुटपुटाउँन सक्ने कला सहितका झुण्डका कमाण्डर “दलाल बादशाह”हरु जन्माइरहेछ । उनका आदेशमा हरेक किसिमका गतिविधि बढाउने तिनै उत्पादित केहि थान दलाल बादशाहहरु आज ब्यवस्था बदल्ने जनयुद्ध दिवसलाई हिंसा दिवसको उपमा थोपरी रहेछन् । द्वन्द्वलाई कोट्याउदै शान्तिभाड्न  यसै गणतान्त्रिक ब्यवस्थाकाे बार्दलिमा ठडिएर घाम ताप्दै, हात हल्लाउदै ठट्यौली भडुवा जोक मारिरहेछन् । सोझा सच्चा केहि थान यस म्यान कार्यकर्ताहरु थपडी मार्दै खित्का छोडि हाँसि रहेछन् । उनीहरु आफैमा खुसी होलान् या नहोलान् तर आफैभित्रको महानता प्रदर्शन गर्दै हाँसोको पात्र बनिरहेछन् । हो त्यो कार्यकर्तामा महानता छ पीडामा पनि हाँस्ने । उसमा दासी सदासयता अनि धैर्यता छ । दास बन्नुको मजा छ । परिवर्तन बिरोधी बन्दै ब्यथा सहनुको कथा छ ।

No description available.

यकातर्फ यहि कथा भित्रको दलाल प्रवृत्तिले आर्थिक, समाजिक र राजनीतिक परनिर्भरता जन्माउदैछ । बिकराल अर्थसंकट पैदा हुदैछ र बेरोजगारी समस्याको ताण्डव मच्चदैछ । अर्कोतर्फ “द्वन्द्व खोस्रदै शान्ति मास्ने” शान्ति बिरोधि दलाल बादशाहहरुका कारण सामाजिक अमनचयनमा खलल पुग्दैछ । चोरी, हत्या, अपहरण बढी सामाजिक मूल्य मान्यतामा ह्रास आउँदैछ । द्वन्द्व कालिन घटनाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुङ्गोमा पुर्याउने अनिवार्य कदम गिजोलिदैछ । बिकराल अस्तब्यस्तता र अशान्तिले घर आगनीहरुमा हामि सबैलाई चौतर्फी चिथोर्दैछ। अनि त्यसबखतको अस्तब्यस्त ब्याक्तिगत र सामाजिक जीवनको कारक दलाल बदशाह बिरुद्ध जब बिद्रोहि लप्का एकजुट भै जाइलाग्नेछ । तब लुटका स्वर्गहरू, प्रतिक्रान्तिका तानाबानाहरु धुजाधुजा च्यातिदै दलाल बादशाहका छोपिएका घुम्टाेका काला कर्तुतहरु उदाङ्गिनेछन् । हो त्यही क्षण छोपिएका पर्दा खुलेको बेला- सोझोपन माथी बलात्कार गर्ने, निमुखाका रोजिरोटी खोस्ने, वसन्त सँग शत्रुता साध्ने पश्चगामी/ शान्ति बिरोधी बादशाह ढल्नेछ । उ केही निमेष केही दशक रमायता पनि त्यो दिन उस्को लुटको स्वर्ग बगाई तुसारो पगाल्नेछ । कठ्याङ्ग्रीएका सुनाखरी अनि उजाड लालिगुँरासहरु राताम्य भई फुल्नेछन् र टाढाटाढाबाट झुनजुनाउदै/गुनगुनाउदै भित्रिने छन् अनेक थरी दिगो शान्तिका माहुरी/भमरा/पुतलिहरु कम्युनिष्ट फुलबारीमा ।

No description available.

फेरि त्यसैगरी सम्भव हुने छैन जसरी ०७ साल ३६ साल ४६ अनि ६२/६३ सालको उथलपुथल पश्चात सामुहिक विकासमा जनताले आकांक्षा राखे बमोजिमको उपलव्धि हासिल गर्नै लाग्दा आन्दोलनका एजेण्डाहरु रातारात बेचिए र जनता फुस्सा बने । अत यी सबैका कारक नयाँ ब्यवस्थाले जन्माएको अर्को एक दलाल बादशाहको वर्तमान र भविष्य समेत धुलोमा मिसाउनै पर्ने भएको छ । कार्यकारी राष्ट्रपतिय प्रणालीको बाटोद्वारा वैज्ञानिक समाजवादको बिगुल फुक्दै साम्यवादी फुल फुलाउनै पर्ने भएको छ ।

No description available.

दण्ड हिनतामा रमाउँदै यथास्थिति रोज्ने अर्को एक दलाल बादशाहलाई  खलपात्रको पगरी भिराउदै इतिहास देखिनै अन्त्य गर्नु अनिवार्य कर्तव्य बनेर आएको छ, शान्ति स्थिरता र समृद्धीका निम्ती ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.