एक्कासी किन गए माधव नेपाल पेरीसडाँडा

रिपोर्ट नेपाल | 2018 Jun 21 | 07:51 am 3488

काठमाण्डौं, असार ७ : नेकपाका अध्यक्ष केपी ओलीले नेता माधव कुमार नेपाललाई कार्यवाहक दिएको भोलीपल्ट नेता नेपाल एक्कासी पेरिसडाँडामा रहेको कार्यालय पुगेका छन् ।

प्राप्त समाचार अनुसार नेता नेपालले महासचिव विष्णु पौडेललाई संगैलिएर पेरिसडाँडा पुगेका हुन । नेताद्धयलाई स्थायी समिति सदस्य मणी थापा र केन्द्रीय सदस्य प्रकाश पोखरलले स्वागत गरेका थिए ।

पार्टी एकता पछि पेरीस डाँडामा केन्द्रीय विभाग र मोर्चा फाँटको कार्यालय राखिए पनि पुनः संचालनमा नआएपछि कावा अध्यक्ष नेपाल र महासचिव पौडेल त्यसबारे बुझ्नका लागि त्यहाँ पुगेका हुन ।

स्थायी समिति सदस्य मणी थापा केन्द्रीय सदस्य प्रकाश पोखरेल र कार्यालय सचिव प्रह्लाद बुढाथोकीले कार्यालय संचालन बारे ब्रिफिङ गरेका थिए ।

उनीहरुको ब्रिफिङ पछि नेता नेपालले केन्द्रीय विभाग संचालनको लागि त्यहाँ रहेका कोठाको विषयमा जिज्ञासा राखेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.