काठमाडौं, ५ असार : राप्रपा र राप्रपा (प्रजातान्त्रिक)बीच एकीकरण प्रयास सुरु भएको छ । एकीकरणलगत्तै टुक्रिएका राप्रपा पार्टी एकीकरणबारे छलफल गर्न गठित वार्ता टोलीको बैठक मंगलबार बसेको छ ।
वार्तामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्मा सहभागी थिए ।
प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमति भएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । वार्ताको लागि दुवै राप्रपाले यसअघि नै समिति बनाएका थिए ।