एकिकरण मार्ग पदयात्रा कार्यक्रम भोलि काठमाडाैं भित्रने

रिपोर्ट नेपाल | 2021 Jan 09 | 04:16 pm 2213

काठमाडाैं, पुस २५ः २०७७ पुस २१ गते गोरखा दरबारबाट शुरु भएको गोरखा-काठमाडाैं एकिकरण मार्ग पदयात्रा
भोली  २०७७ पौष २६ गते नुवाकोट ककनी गानरपालिका ५ बसपार्क इलाकामा, श्री जबरजंग गणले श्री शम्शेरदल गणलाई गोरखा दरबार देखि ल्याइएको राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै नेपाली सेनाको प्रथम ५ (पाँच) वटा युनिटहरुको झण्डा हस्तान्तरण गर्ने योजना रहेको छ ।

ककनी इलाकामा हस्तान्तरण कार्यक्रम पश्चात पदयात्रा टोली ककनी-पाँचमाने हुँदै तीनपिप्ले आइपुगे पश्चात स्थानीय निकाय एवं स्थानीयवासीहरुद्धारा पंचेबाजा एवं झांकी सहित स्वागत गर्ने कार्यक्रम रहेको छ।

तत्पश्चात पदयात्रा मुडिखुगढी/थानागढी-तारकेश्वर नगरपालिका ३ मा रहेको पृथ्वीनारायण विद्यालय-पुरानो गुह्‍यश्वरी मन्दिर-बालाजु बाइपास-सोह्रखुट्टे-पकनाजोल-नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको छ ।

हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधी, गुठी, क्लबहरु, सर्वसाधारण लगायतको स्वागत पश्चात श्री शम्शेरदल गणले हनुमानढोकामा तैनाथ श्री शार्दुलजंङ्ग गुल्मलाई भव्य कार्यक्रम आयोजना गरी सैनिक ड्रिलको प्रदर्शनसहित राष्ट्रिय झण्डा, टर्च तथा प्रथम ५ (पाँच) वटा युनिटहरुको झण्डाहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.