एकाधिकार अन्त्य भए पनि भ्रष्टाचार यथावत्

रिपोर्ट नेपाल | 2018 Jun 04 | 03:44 pm 2496

काठमाडौँ, २१ जेठ : प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद पम्फा भुसालले यातायात क्षेत्रमा भएको एकाधिकार अन्त्य भए पनि यो क्षेत्रमा भ्रष्टाचार यथावत् रहेको बताइन् ।

सांसद सरिताकुमारी गिरीले कञ्चनपुरमा जंगली जनावरका कारण घरबारविहीन भएर दुःख पाएका जनताका लागि क्षतिपूर्ति र जनावरका लागि उचित खानपानको व्यवस्थाको माग गरेकी छिन् ।

सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीको चीन भ्रमणका कुरा आएको छ, भ्रमणमा कुन कुन बुँदामा चीनसित छलफल गरिने हो सो विषयको जानकारी सदनलाई जानकारी गराउन माग गरेकी छिन्  ।

त्यसैगरी, सांसद महेन्द्रराय यादवले वर्षौंदेखि तराईमा बसिरहेका नागरिकले जन्मसिद्ध आधारमा नागरिकता पाउन सकेका छैनन्, त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले वैदेशिक रोजगारीका नाममा नेपाली छोरीहरुलाई दासजस्तै बेचिएका, गाउँका दूरदराजमा मानव तस्कर पल्किँदासमेत सरकारले त्यसतर्फ ध्यान दिन नसकेको आरोप लगाए।

सांसद अञ्जना बिसन्खे र कलुदेवी विकले नेपाल छुवाछूत मुक्त राष्ट्र घोषण भए पनि भेदभाव र छुवाछूतका नाममा दलितले ज्यान गुमाएका थुप्रै उदाहरण रहेकाप्रति संसद्लाई जानकारी गराए ।

त्यसैगरी संसद्को विशेष समयमा क्रमशः सांसदहरु रामबहादुर विष्टले महँगी नियन्त्रण हुन नसकेको, सोमप्रसाद पाण्डेले पाल्पा सडक दुर्घटनामा परेका घाइतेको उचित उपचारको माग, गणेश ठग्गुनाले दार्चुला सडक निर्माणकार्य नेपाली सेनालाई दिनुपर्ने, कृष्णकुमार श्रेष्ठले अमरसिंह मार्ग निर्माण र बन्दिपुरलाई आधुनिक पर्यटकस्थलका रुपमा विकास गर्न माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.