‘एकले गल्ति गर्‍यो भन्दैमा संगठन बदनाम गराउनु दुर्भाग्‍य’

| 2018 Oct 10 | 01:18 pm 2331

काठमाडौं, असोज २४ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध प्रहरीले गल्ती गरेभन्दैमा सिंगो संगठनलार्इ बदनाम गर्न खोज्‍नु सुरक्षाका निम्ति दुर्भाग्‍य भएको बताएका छन्। महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबास्थित समुदायद्‍वारा नवनिर्मित भवनको उद्‍घाटन गर्दै महानिरीक्षक खनालले प्रहरी र जनताबीच नङ र मासुको सम्बन्ध छ भन्‍ने उदाहरण यही भवन भएको स्पष्ट पारे।

उनले सिंगो बोराभित्र कुहिएका आलुलार्इ समयमा नै पाखा नलगाइए बोरा नै दुर्गन्धित हुने भएकोले आफूले पनि संगठनभित्रका भ्रष्ट र जनविरोधी प्रहरीलार्इ कुनै हालतमा नछाड्ने बताएका थिए।

ट्राफिक व्यवस्थापन र भौतिक व्यवस्थापनमा सातदोबाटोका प्रहरी निरीक्षक सिताराम हाछेथुले जसरी प्रशंसनिय काम गरेका छन्, त्यसैगरी सबै प्रहरी कर्मचारीले त्यही अनुसार गर्ने हो भने प्रहरी साँच्च‍ैको जनताको प्रहरी हुने दाबी गरे।

भवन निर्माण समितिका अध्यक्ष भरत महर्जनको सभापतित्वमा सम्पन्‍न कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वरिष्ठ पत्रकार कनकमणी दिक्षित, निर्माण समितिका कोषाध्यक्ष रामकाजी अवालेलगायतका वक्ताले भवन निर्माणमा सहयोग गर्नेको प्रशंसा गरेका थिए।

कार्यक्रममा महानिरीक्षक खनालले भवन निर्माणका लागि सहयोग गर्ने सहयोगीहरुलार्इ प्रशंसापत्र प्रदान गरेका थिए। महानिरीक्षक खनालले ट्राफिक व्यवस्‍थापन र भवन निर्माण कार्यमा उल्‍लेख्‍य योगदान पुर्‍याएको भन्दै निर्माण समितिद्‍वारा निरीक्षक सिताराम हाछेथुलार्इ प्रदान गरिएको एक लाख एक हजार नगदसहित प्रमाणपत्र वितरण गरेका थिए।

भवन निर्माणमा सहयोग गर्नेहरुको नाम

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.