काठमाडौँ ३ जेठ / कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद अवरोध गर्दैआएकोले सामाजिक सञ्जालमार्फत उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न पाउनुपर्ने आफ्नो माग दोहोराएका छन् ।
रविलाई बोल्न दिने विषयमा कांग्रेस सकारात्मक भए पनि सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सहमति जुटिसकेको छैन। जसका कारण कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको छ।
उनले भनेका छन्- ‘एक पटक बोल्न पाउनु पर्यो । त्यत्ति हो मागेको । कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । पटक पटक छलफल गरेर सहमतिको प्रयास गरेपनि अहिलेसम्म सहमति हुन सकेको छैन ।