एआइजी भन्दा सई र असई बलवान

रिपोर्ट नेपाल | 2023 Feb 19 | 02:22 pm 2577

काठमाडौं, फागुन ७ः विगत २८ वर्षदेखि पशुपतिनाथ मन्दीरमा कार्यरत प्रहरी नायव निरीक्षक शम्भु ठाकुर र प्रहरी सहायक निरीक्षक रणधीर सिंहको रबाफ हेर्न लयकको छ । प्रहरी जवानदेखि पशुपति मन्दीरमा बसेका शम्भु ठाकुरको काम सुरक्षा दिनु भन्दा पनि मारवाडीहरुलाई सिधै दर्शन गराएर पैसा असुल्ने काम भइरहेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आउने प्राय प्रमुखले उनलाई दरबन्दीमा तान्छन तर हप्तादिन नपुग्दै उनी पशुपति मन्दीरमै फर्कन्छन् ।

मुल भट्टलाई प्रभावमा पार्न खप्पिस प्रहरी नायव निरीक्षक शम्भु ठाकुरलाई वर्तमान उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले समेत उनको दरबन्दी रहेको सुरक्षा महाशाखामा फिर्ता गरेका थियो तर सुरक्षा महाशाखामा नगई नेपाल प्रहरी पहरा गण सामाखुसी काठमाडौंमै गएर हाजिर भएका थिए ।

गत पुस २२ गते काज फिर्ता गरिएका शम्भु ठाकुर प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको ठाडो आदेशमा नेपाल प्रहरी पहरा गणको एसपी बिमलराज कणेललाई आदेश दिएर एआईजी लोहनीको चेन अफ कमाण्ड तोडिदिएको छ ।

सुन देखि हुण्डी व्यापारी शम्भु ठाकुरका ग्राहक हुन् । उनीहरुलाई सिधै मुल भट्टलाई भेटाउने देखि पैसा उठाउने शम्भु ठाकुर एआइजी भन्दा पावरफुल भन्ने गरिएको छ ।

बलम्बुमा ३ तले पक्की घर बनाएका सई ठाकुरको रवाफ हेर्ने लायकको छ । मुल भट्टहरुको लुगा धुन र उनीहरूलाई चाकडी गर्न समेत पछी नपर्ने ठाकुरलाई प्रहरी महानिरीक्षक सिंहले संरक्षण गर्नुका पछाडि के हो त्यो भने रहस्यको विषय बनेको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.