ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

रिपोर्ट नेपाल | 2022 Oct 25 | 07:29 am 1341

बेलायत, कात्तिक ८ः यसै वर्ष पार्टी नेतृत्वको प्रतिष्प्रर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक विजयी भएका छन् । पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् ।

पार्टी नेतृतवा विजय भएसँगै भारतीय मूलका सुनक ब्रिटिश एसियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । देशले आर्थिक र उर्जा संकटको सामना गरिरहेका बेला सुनक प्रधानमन्त्री बन्ने भएका हुन् । सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बनेका थिए । बेलायत मूल्य वृद्धिको चपेटामा परिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.