ऋण नदिएको झोंकमा बालक अपहरणपछि हत्या, दुर्इ जना नियन्त्रणमा

| 2018 Oct 15 | 06:59 am 1796

बारा, असोज २८: बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका ६ वर्षीय बालकको अपहरण गरी हत्या गरिएको छ। बुधबारदेखि हराएका गोलु भनिने दिपक प्रसाद यादवको शव गाउँ नजिकै जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको रानीवासमा हजुरबुबासँग मेला हेर्न गएका दिपक अपराहृन ४ बजेतिर हराएका थिए । परिवारलेसाँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए ।

बालकको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १७ बर्षे हरेन्द्र कुमार कुश्वाहा र २३ बर्षे सुखल वैठा छन् ।

प्रहरीको प्रारम्भीक अध्ययन अनुसार ऋण नदिएको झोकमा बालकको हत्या गरेको खुल्न आएको छ ।

पक्राउ अभियुक्त हरेन्द्रले एक महिना अगाडि गोलुका बाबु धनेश्वर प्रसादसँग दुई लाख रुपैयाँ ऋण मागेका थिए । तर, ऋण दिन अस्वीकार गरेपछि कुशवाहालेसमय आएपछि देखाउने भनि धम्की दिएको पाइएको छ ।

बालक हराएको भोलिपल्ट बिहान करिब १० बजे धनेश्वरलाई अभियुक्त श्याम बैठाले १० लाख फिरौती समेत माग गरेको कल रेकर्डका आधारमा खुलेको छ । बालकको भने अपहरण गरेकै राति घाँटी थिचेर हत्या गरेको पाइएको बाराका प्रहरी नायब उपरिक्षक रन्जित सिँह राठौरले जानकारी दिए ।

घटस्थापनबाट जिल्ला अदालत बन्द भएकाले अदालतको समर्थन लिएर थप अनुसन्धान र अपहरण तथा कर्तब्य ज्यान मुद्दाको कारवारी प्रकृया अगाडी बढाइने छ ।

यसअघि जेठ २२ गते बाराको जितपुरसिमरा उपमहानगरपालिकामा ९ बर्षीय बालक अंकित गुप्त्ााको पनि अपहरणपछि हत्या गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.