सर्लाही, कात्तिक २४ः हरिवन नगरपालिका ६ डेरीटोलका रमेश खरेलले धानको भुसमा आगो लगाउन क्रममा नजिकै रहेका चेतन साहको ६ कठ्ठामा लगाएको ऊखु बारीमा आगो सल्किन गई आगलागी भएको छ ।
उक्त आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक अबधेश कुमार यादबको कमाण्डमा १० जनाको टोली खटि गई स्थानियबासी, दमकल र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।
आगलागीबाट करिब ८० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको हो ।