उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले लिए सपथ

| 2018 Jun 01 | 01:16 pm 1360

काठमाडौँ, १८ जेठ  : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा थपिएका दुई मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईलाई गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा  उनीहरुलाई शपथ ग्रहण गराइएको हो । आज उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्रीमा नियुक्त भएका  थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.