उपसभामुख इन्दिरा रानाले गर्नै नहुने काम गरेको कांग्रेसको निष्कर्ष

| 2024 Sep 11 | 12:06 pm 225

काठमाडौँ २६ भदौ / सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले उपसभामुख इन्दिरा रानाले गर्नै नहुने काम गरेको निष्कर्ष निकालेको छ । पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले उपसभामुखलाई राजीनामा गर्न आग्रह गरेको छ । बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, “उपसभामुखले गर्नै नहुने काम गर्नुभयो । उहाँको कदमले देशकै शिर झुकाएको छ । उहाँले राजीनामा दिनुपर्छ । सबै प्रक्रियामा जानुभन्दा उहाँ आफैँले मार्गप्रशस्त गर्दा राम्रो हुने कांग्रेसको निष्कर्ष रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.