उपसभामुखमाथि उठ्यो प्रश्न, छानबिनको माग

| 2024 Jul 21 | 01:47 pm 945

काठमाडौं ०६ साउन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुखमाथि छानबिन गर्न माग गरेका छन् । उनले मानव तस्करी गर्न सहयोग पुग्ने गरी सिफारिस गरेको भन्दै आपत्ति जनाए ।

संसद्सँग कुनै साइनो नभएका ५ जनाका लागि अमेरिका जानका लागि पत्र पठाएको पाइएको र कसैलाई नचिनेको मान्छेलाई उपसभामुखले कसरी सिफारिस गरेको भन्दै छानबिन गर्न माग गरे ।

‘संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाका भिसाको लागि अन्तरर्वार्ताका लागि प्रयोग गरेको पत्र प्राप्त भयो । यस्तो अवस्थामा उपसभामुखले अब संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’ सांसद खतिवडाले भने ।

प्रतिनिधि सभामा कुनै पत्र आए सभामुख हुँद महासचिव मार्फत परराष्ट्रमन्त्रालय पुग्नुपर्नेमा त्यसो नभएको भनेर उनले प्रश्न गरे । यो कसले के प्रयोजनका लागि भएको हो भनेर छानबिन गरिनुपर्ने उनको माग छ ।

उनले सांसद रवि लामिछानेलाई इङ्गित गर्दै देशको सूचना बेच्ने मान्छे यहीँ छ भनेर कसैले भनेको सुनेको थियौँ, सूचना हैन मान्छे बेच्ने मान्छे यहीँ कतै छ कि छानबिन हुनुपर्छ भन्दै कटाक्ष गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.