काठमाडौँ २५ भदौ / उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक शुरु भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहीबेरअघि बैठक शुरु भएको हो।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो । देउवाले सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाएको एक नेताले बताए ।
साथै पार्टी उपसभापति धनराज गुरूङमाथि सहकारी संस्थाको रकम अपचलन गरेको सम्बन्धमा उठेका प्रश्नबारे बैठकले समान धारणा बनाउने तयारी गरेको छ।