काठमाडौं, मंसिर २५: प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्री हेरफेरको विषयमा विभिन्न टिप्पणी मध्ये महिला मन्त्रलयमा पुरुषको नियुक्ति पनि ज्यादै चर्चामा रहेको थियो ।
रिपोर्ट नेपाललाई एक स्रोतले दिएको जानकारी अनुसार महिला बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका पार्वत गुरुङलाई अस्थायी रुपमा मन्त्रलय दिइएको हो ।
हाल उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराएर गुरुङको मन्त्रालयमा लैजाने नेतृत्वबीच समझदारी बनेको बुझिएको छ । उपसभामुख तुम्बाहाम्फेले भने आफूलाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएकी छन् ।
उपसभामुखको अडानले अन्तत विश्राम नलिई सुखै छैन । आगामी पुस ४ गते देखि हुने संसदको अधिवेशन अघि नै सभामुख चयन गर्नुपर्ने हुन्छ । सभामुख बन्नका लागि धेरैले चाहाना राखे पनि प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुभाष नेम्वाङ र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अग्नी सापकोटालाई अघि सारेका छन् ।
दुई कम्युनिस्ट एकता हुनु पूर्वमाओवादी कोटामा परेको सभामुख यतिवेला पनि पूर्वमाओवादीमै हुनुपर्ने अडान प्रचण्डले राख्दै आएका छन् । सभामुख यी दुई मध्ये एक हुने निश्चित भएपनि तुम्बाहाम्फेलाई उपसभामुखको वलि दिएर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय दिने निश्चित प्राय छ ।